बैतडीको पञ्चेश्वरमा जारी यु–१९ क्रिकेट प्रतियोगित : ३ टिम बाहिरिए

बैतडी : पञ्चेश्वरमा सञ्चालित यु–१९ क्रिकेट प्रतियोगिता जारी छ। यहि श्रावण ३० गतेबाट सञ्चालन भएको प्रतियोगितामा भदो १ गतेसम्म सञ्चालन हुने आयोजक कमिटी सदस्य बिरेन्द्र भट्टले जानकारी दिए।

प्रतियोगितामा १५ टिम सहभागि भएका छन। प्रतियोगिता सञ्चालनको तेस्रो दिनको बिहानसम्म ३ टिम बाहिरिएका छन। ओझागाँउ मेलौली, शिवनाथ एनवाईसी र सैलोडाको टिम बाहिरिएका छन।

गौरा पर्वको अवशरमा सञ्चालन भएको प्रतियोगिता पञ्चेश्वर गाँउपालिका–०४ को केदारमाण्डु पोखरालेक खेल मैदानमा सञ्चालन भईरहेको छ। प्रतियोगिताको बिजेताले ९ हजार र उपबिजेताले ५ हजार पाउने आयोजक कमिटीले जनाएको छ।

खेल क्षेत्रको विकासका लागि प्रतियोगिता सञ्चालन गरिएको आयोजक कमिटीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.