बाजुरामा उत्पादन भएको स्याउको बजारीकरणमा कृषि ज्ञान केन्द्रले सहयोग गर्ने

बाजुरा-बाजुरामा उत्पादन भएका स्याउ बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको छ।

बाजुराका विभिन्न ठाउँमा उत्पादन भएको स्याउको बजारीकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको हो। जिल्लाका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिकालगायत विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुने भए पनि बजारीकरणका लागि समस्या हुने भएकाले यस वर्ष स्याउको बजारीकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने जनाएको छ।बजारीकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्राविधिकको टोलीसहित कृषकका बारीमा पुगेर अध्ययन गरिएको कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताए। बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगापानीको साहारा स्याउ फारमका संचालक उज्वल रावतले व्यावसायिक स्याउ खेतीबाट एक सिजनमा ६ सय क्विन्टल स्याउ उत्पादन गर्ने गरेको बताए।

बाजुरामा सबैभन्दा बढी स्याउ उत्पादन उत्तरपूर्वी क्षेत्र बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हुने र मार्तडी–कोल्टी सडकले यो क्षेत्रलाई जोड्ने गर्छ।

Leave A Reply

Your email address will not be published.