२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र श्रीलङ्का खेल्दै

दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ। उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन्। खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ।

नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ। प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन्। २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ।

प्रतियोगिताको समूह एु मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान छन्। प्रतियोगिता सन् २०१५ देखि शुरुवाता भएको हो। नेपालले यो प्रतियोगिता आयोजना गरेको चौथो पटक हो। अहिलेसम्म पाँच संस्करण भएकोमा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलमा पुगेको छ। एक पटक समूह चरणबाटै बाहिरिएको थियो।

Leave A Reply

Your email address will not be published.