अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु

अछाम– अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाटीका ४५ वर्षीय कमलबहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो। बिहीवार शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा भिरबाट १०० मिटर तल खसेर घाइते भएका थिए। उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ।

Leave A Reply

Your email address will not be published.