मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना १० जना घाइते

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ। बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

Leave A Reply

Your email address will not be published.