कैलालीका चार ‌‌औषधि पसल शिल, एउटामा औषधि जफत

कैलाली- कैलालीका चार ‌‌औषधि पसल शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जले अनुगमनका क्रममा मापदण्द बिपरित संचालित ती औषधि पसललाई कारबाही गरेको हो।

भदौ ६ देखि ८ गतेसम्म गरिएको अनुगमनका क्रममा ती पसललाई कारबाही गरिएको फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साहले जानकारी दिए।

यसैगरी आयुर्वेदिक औषधि पसल दर्ता गरी एलोपेथिक औषधि बेच्ने एक पसलको औषधि जफत गरिएको छ।

Leave A Reply

Your email address will not be published.