अछाममा चट्याङ लागेर २ जना घाइते

अछाम-अछाममा दुई जना चट्याङ लागेर घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामीगाउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन्। तुलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.