कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

कैलाली-कैलालीका विभिन्न स्थानबाट लार्खौँ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट, भजनी नगरपालिका–३ बर्दवाफाँटा, भजनी–६ नवलपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

यस्तै टीकापुर नगरपालिका–१, सोहि नगरपालिकाको ८ नम्बर वडा पायलगाउ, जोशीपुर गाउँपालिका–३ लक्कड, र जानकी गाउँपालिका–४ झबैपुलबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १५ हजार ६० मुल्य बराबरको सामान बरामद गरेको छ।

बरामद गरेको प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोवाइल चार्जर, एयरफोन, माछा लगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.