माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

पुस २६, सोमबार ,२०७८

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। बन्द गर्नेबारेको पूर्ण मोडालिटी अहिले केहीबेरमा सार्वजनिक गर्ने पनि उनले बताए।

उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ।’ उनका अनुसार भोलि९मंगलबार०बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन्।

सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
थाहा खवरबाट

Leave A Reply

Your email address will not be published.