अछाममा खोटो संकलनको काम गर्दै आएका एक जना मृत फेला

अछाम -अछाममा एक जना मृत फेला परेका छन्।

जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन। घर्तिमगर ३ दिनदेखि सम्पर्कविहीन थिए।मगर सम्पर्क विहिन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरीलाई गराएका थिए। खोजतलासका क्रममा घर्तिमगरको शव वनको भिरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाकोबारेमा थप अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.