कुशेऔंसीको अवसरमा सिद्धेश्वर मा.वि हुक्केडाँडाले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान

बैतडी-कुशेऔंसीको अवसरमा बैतडीमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।

जिल्लाको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले कुशेऔंसीको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ। आजै पिता सम्मान दिवस समेत परेकाले विद्यालयको सेवा क्षेत्रभित्र रहेका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो ।

उनीहरुलाई विद्यालयमै बोलाएर टीका, फूलमाला र ढाकाटोपी लगाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए। सिद्धेश्वर माविले २०७३ सालदेखि हरेक बर्ष कुशेऔंसीका दिन बुवा र मातातीर्थ औंसीका दिन आमाहरुलाई सम्मान गर्दै आएको छ।जेष्ठ नागरिकहरु प्रतिको सम्मान बढाउन र विद्यार्थीहरुलाई जेष्ठ नागरिकप्रति सम्मानको संस्कार सिकाउन हरेक बर्ष यो कार्यक्रम गर्दै आएको विद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.