बैतडी-बैतडीको मेलौली नगरपालिमा नयाँ कर्मचारीलाई स्वागत गरेको छ । आँखा उपचार केन्द्र मेलौलीमा नयाँ कर्मचारीहरुलाई स्वागत गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले जानकारी दिनुभयो ।
आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि नगरपालिकाले आँखा उपचारसम्बन्धी दक्ष एक जना नायब सुब्बास्तरको नेत्र साहयक कर्मचारी र साहयक कर्मचारी व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो । मेलौली नगरपालिका, नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्तपाल र सेभा फउण्डेशनको सहकार्यमा नगरपालिकामै २०८१ साउन ४ गते पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको थियो ।
नगरपालिकामै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखा सम्बन्धी बिरामी भएका व्यक्तिलाई राहत पुगेको नगरप्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।
यसअघि आँखा सम्बन्धीको सामान्य उपचारका लागि पनि पाटन, बैतडी, डडेल्धुरा तथा गेटा नै पुग्नुपर्ने बाध्यता रहेको थियो । उपचार केन्द्र सञ्चालनमा आएसंगै अस्पतालको पहुँच बाहिर रहेको आँखाका बिरामीहरुलाई सेवा लिन सहज भएको बताइएको छ ।