सर्पले डसेर कैलालीमा ५ वर्षीय बालकको ज्यान गयो, एक जना बिरामी

कैलालीमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल बस्ने माया विकको पाँच वर्षीय छोरा अरुण रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका र उपचारका क्रममा राति २ बजेतिर सेती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

त्यसैगरी गएराति नै सर्पले डसेर कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका सागर विष्ट बिरामी हुनुभएको छ ।

Leave A Reply

Your email address will not be published.