हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको छ। तीजमा विवाहित महिलाहरूले आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित नारिले सुयोग्य वरको आशा राखी व्रत बस्छन्। दिनभर व्रत बसि नाचगान गरि साझतिर शिवपार्वतिको पुजा गरि ब्राह्मणको मुखबाट तिजको ब्रतको कथा सुन्छन्।
बिवाहित नारिले तिजको व्रत बसे श्रिमानको लामो आयु र अविवाहित नारिले बसे सुयोग्य वर पाइन्छ भन्ने धार्मिक मान्यता रहि आएको छ।
पण्डित प्रेम राज पन्त
पुजारी गंगेश्वर धाम अजयमेरु गाउँपालिका–०६ सिम दोगडा डडेल्धुरा