धनगढीबाट लागुऔषध एक जना पक्राउ

कैैलाली-कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट लागुऔषधसहित २७ वर्षीय जोशन चौधरी पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–२ का चौधरीको साथबाट प्रहरीले ३७० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो। उनी से ६ प ७४६ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

Leave A Reply

Your email address will not be published.