बैतडी: मेलौली नगरपालिकामा नगर स्तरीय प्रधानाध्यापक संघ नेपाल (पान)गठन गरिएको छ। आइतबार मेलौली नगरका ३१ वटा सामुदायिक विद्यालय प्रधानाध्यापकहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको हो।
भेलाले मणिलेक नमुना माविका प्रअ देव दत्त कलौनीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको (पान)का जिल्ला कार्यसमिति सचिव दिपेन्द्र सिंह चाडले बताउनूभयो।मेलौली नगरस्तरीय प्रधानाध्यापक संघ नेपालको उपाध्यक्षमा कमलपुर माविका मावि प्र.अ मन्दिर राम लुहार, सचिवमा गोपान्जल आवि का प्र.अ राजेन्द्र सिंह विष्ट लाई चयन गरिएको हो।
यस्तै, कोषाध्यक्षमा शारदा आविका प्र.अ शिवदत्त ओझा र सहसचिव महारुद्र आविका प्र.अ शान्ती साउँद रहेका छन्। सदस्यहरुमा क्रमशः हरिश बहादुर चन्द दुर्गास्थान मावि, नरेन्द्र सिंह महता विजयपुर मावि, खडक सिंह विष्ट विशालपुर मावि, धन सिंह नायक शीतलपुर मावि, वीर बहादुर चन्द प्रितिपुर मावि, गोपाल दत्त भट्ट जगदम्बा मावि,विर सिह नायक जनचेतना आवि, शंकर दत्त ओझा चन्दनपुर आवि,भरत राम पोखरेल सिद्धेश्वर आवि,उत्तर सिंह नायक जनचेतना आवि,पुष्कर सिंह नायक केदार आवि,राजेश्वरी विष्ट सिंगापुर आविका प्रअ हुन्।
समितिले सामुदायिक विद्यालयको समस्या, प्रअ एवम् शिक्षकहरुको हकहित र कल्याणका लागि संघर्ष गर्ने नगर स्तरीय प्रधानाध्यापक संघ नेपालका अध्यक्ष कलौनीले बताउनुभयो। प्रधानाध्यापक संघ नेपाल (पान) बैतडीका अध्यक्ष पदम राज जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा स्थानीय शिक्षक बुद्धिजीवी एवम् समाजसेवीहरुको सहभागीता रहेको थियो।