पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा सरकार धेरै अघि बढिसक्याे : उद्याेगमन्त्री भण्डारी

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ ।

काठमाण्डौमा आज भएको कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको र अब मूल्य निर्धारण गर्न बाँकी रहेकाले एक महिनाभित्र टुङ्ग्याउने उहाँले बताउनुभयो ।

इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.