नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलेको छ। प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षकमा २५६ जनाका लागि नयाँ भर्ना खुलेको हो। प्रहरी निरीक्षकमा खुलातर्फ ३५, अमर अशक्त प्रहरी परिवारमा १, महिलामा ६, आदिवासी जनजातिमा ९, मधेशीमा ८, दलितमा ४ र पिछडिएको क्षेत्रमा एउटा कोटा छुट्याएको छ ।
यस्तै प्रहरी सहायक निरीक्षकमा खुलातर्फ १३८, अमररअशक्त प्रहरी परिवारमा ५, महिलामा २३, आदिवासी जनजातिमा ३६, मधेशीमा ३१, दलितमा १७ र पिछडिएको क्षेत्रमा ६ वटा कोटा छुट्याइएको छ। पर्सि भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।