नेपाल पत्रकार महासघंको चुनाव असोज १२ गते हुने

नेपाल पत्रकार महासङ्घको चुनाव मिति फेरि सरेको छ। असोज ५ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव हुने भनिएकोमा फेरि मिति सरेको हो। यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ।

नयाँ समितिले अब असोज १२ गते चुनाव गर्ने गरी मिति तोकेको हो। महासङ्घले यसअघि अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासङ्घसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ। महासङ्घका कार्यवाहक अध्यक्ष विष्टले निकाल्नुभएको विज्ञप्तिमाआज मतदाता सूची सार्वजनिक गर्ने भनिएको छ।

Leave A Reply

Your email address will not be published.