आज देशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरी चल्ने सम्भावना छ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बाग्मती र गण्डकी प्रदेश एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती ठाउँमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

Leave A Reply

Your email address will not be published.