बैतडी जिल्ला क्रिकेट संघ(बिडीसिए)को नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सदरमुकाम गोठलापानीमा सम्पन्न साधारणसभाले उमेर समूहका क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,” उमेर समूहका क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने र क्रिकेटको विकासका कार्यक्रम गर्ने निर्णय भएका छन्।” साधारणसभामा वार्षिक प्रतिवेदन पेसका साथै आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,” साधारणसभामा वार्षिक प्रतिवेदनका साथै र आगामी वर्षको नीति,कार्यक्रम र बजेट पारित भएको छ।”
साधारणसभामा बैतडी जिल्लाभरी रहेका विभिन्न १५ क्लबका प्रतिनिधि, बैतडी जिल्ला क्रिकेट संघ मातहत रहेका विभिन्न समितिहरूलगायतको सहभागिता रहेको थियो। साधारणसभाको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्नुभएको थियो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी उत्पादनका लागि उमेर समूहका प्रतियोगिता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,” खेलाडी उत्पादनका लागि जिल्लास्तरमै उमेर समूहका प्रतियोगिता हुनुपर्छ,साथसाथै उपयुक्त खेलमैदान निर्माण हुन पनि आवश्यक छ।”
ग्रास रूटमै क्रिकेट प्रतियोगिता सञ्चालनका लागि क्यानले पहल थालेको छ। भौतिक संरचना निर्माणका लागि सरकार पनि सकारात्मक रहेको उहाँले बताउनुभयो।