शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_का सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गर्नुभएको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो।

सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताउनु भयो। उहाँले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताउनुभयो।

सभापति लामिछानेले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको बताउनुभयो। उहाँले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गर्नुभयो। उहाँले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको उल्लेख गर्नुभयो।

सभापति लामिछानेले दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताउनुभयो। उहाँले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमा आत्मविश्वास नदेखिएको बताउनुभयो। उहाँले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेकको आधारमा समाउने काम गरेर बसेको बताउनुभयो। उहाँले दुई तिहाईको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जाहेज नभएको बताउनुभयो।

सभापति लामिछानेले दुई तिहाईको सरकारको कुनै प्राथमिकता नभएको बताउनुभयो। उहाँले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खाजेको भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताउनुभयो।

ईमेजखबर

Leave A Reply

Your email address will not be published.