कोशी र बाग्मतीका प्रदेशका केही ठाउँमा हल्का वर्षा

हिजो र अस्ति मौसम घमाइलो भए पनि आज भने बिहानैदेखि बदली भएको छ। कोशी र बाग्मती प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ। आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ।

Leave A Reply

Your email address will not be published.