देशका केही ठाउँमा समान्यदेखि मध्यम वर्षाको सम्भावना

आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। तर मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले दैनिक बुलेटिनमा उल्लेख गरेको छ।

न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानी पर्ने सम्भावना रहन्छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ।

भरे राति पहाडी भू–भागका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। भोलि रातिदेखि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.