उच्च रक्तश्रावका कारण अछाममा एक सुत्केरीको मृत्यु

अछाम-अछाममा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ की २९ वर्षीया सरितादेवि जैशीको बिहीवार मृत्यु भएको छ।

बुधवार राति व्यथा लागेर स्वास्थ्य चौकी लैजाने क्रममा उनले बाटोमै बच्चा पाएकी थिइन्। स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याइएकी जैशीको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शिशुको अवस्था भने सामान्य रहेको छ।

Leave A Reply

Your email address will not be published.