एनपीएलकाे अक्सन सम्पन्न,कुन खेलाडी कतिमा बिक्री ?(सुचीसहित)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार सम्पन्न भएको छ। अक्सनमार्फत विभिन्न ८ टोलीले ८० खेलाडी किनेका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो।

यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०र१० खेलाडी अक्सनमार्फत छानिएको हो।

सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन् ।

अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका छन् ।

प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्।

एनपीएल क्रिकेट मंसिर १५ गतेदेखि काठमाडौंमा हुदैछ ।

Leave A Reply

Your email address will not be published.