काठमाडौं -मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा करेन्ट लागेर शनिबार दुई बालिकाको मृत्यु भएको छ।
पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका-१ की नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका-१६ की सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए। चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिई गई नजिकै रहेको फलामको पोलमा ‘सट’ हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो।
जमेको पानीमा अचानक टेक्दा दुवै बालिका करेन्ट लागेर बेहोश भएका थिए। उपचारका क्रममा हेटौँडा अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।