मेलौलीमा नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न :मन्त्री भण्डारीलाई नगरकमिटीले बुझायो ज्ञापनपत्र

बैतडी-नेकपा एमालेको मेलौली नगर कमिटिले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।आइतबार मेलौलीमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा तल्लो स्वराडको विकाससँग जोडिएका योजनाको माग गर्दै ज्ञापन पत्र पेश गरिएको हो ।

नेकपा एमाले जिल्ला जिल्ला कमिटी सचिवालय सदस्य तथा मेलौली नगर कमिटी ईन्चार्ज जगदिश सिंह नायक र नगर कमिटी अध्यक्ष भीम दत्त भट्ट द्धारा संयुक्त रुपमा ज्ञापनपत्र पेश गरिएको हो ।

मेलौलीमा (क) श्रेणीको इलाका प्रहरी कार्यालय स्थापना गरिनुपर्ने, मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिनुपर्ने, मेलौलीमा प्रदेश स्तरीय खेलमैदान निर्माणका लागि बजेट उपलब्ध गराउनु पर्ने, पाटन–पञ्चेश्वर सडक खण्डको सुरुवातमा रहेको २ किलोमिटर सडक स्तरोन्नती गरिनुपर्ने, मेलौलीमा रहेको ३३ केभीको विद्युत सव स्टेसन सञ्चालनमा ल्याउनु पर्ने लगायतका १६ बुदे ज्ञापनपत्र पेश गरिएको हो ।

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्नेगरी काम गरिरहेको बताउनुभयो।

उनले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरे । जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाई छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ की छैन भनेर परिक्षण गरेर मात्रै कार्यान्वयन गरिने उनले बताउनुभयो ।

उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिएका छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिने खालले बजेट विनियोजन गरि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री उनको जोड छ ।

‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनैपनि योजनाले परिणाम दिनैपर्ने हुन्छ, उनले भने ।’ उत्पादन वृद्धि गर्ने र रोजगारी सृर्जना गर्नेगरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।

Leave A Reply

Your email address will not be published.