चीनमा ग्यास चुहावट हुँदा सातजनाको मृत्यु

पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

ग्यास शनिबार दिउँसो १ः३०बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।

घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.