एनपीएलको टोली सुदूरपश्चिम रोयल्सको मेन्टरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज नियुक्त

नेपाल प्रिमियर लिग एनपीएलको टोली सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्व कप विजेता टोलीमा रहेका हजको आगमनले सुदूरपश्चिम रोयल्सले एनपीएलमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको जनाएको छ । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग ९आइपीएल० समेत खलेका छन् ।

हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले बताउनुभएको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आउँदो मङ्सिर १६ गतेदेखि एनपीएल शुरु हुँदैछ ।

Leave A Reply

Your email address will not be published.