बैतडीमा २० हजार बढी बालबालिकालाई भिटामिन ’ए’ र १८ हजारलाई जुकाको औषधी खुवाईने

बैतडी-बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकाहरुलाई भिटामिन ’ए’ क्याप्सुल र १८ हजार १ सय ९५ जना बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने भएको छ । कात्तिक २ र ३ गते सञ्चालन भईरहेको राष्ट्रिय कार्यक्रम अनुसार उक्त संख्यामा बालबालिकाहरुलाई भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी विपनि लेखकले जानकारी दिनुभयो ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने उहाँको भनाई छ ।

हरेक छ÷छ महिनामा अर्थात् वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ।
स्थानिय तहहरुले तोकेको केन्द्रहरुमा लगेर आफ्ना बालबालीकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।

यस्तै तोकिएका केन्द्रहरुमा बालबालिकाहरुलाई बालभिटा पनी खुवाईने बताईएको छ।बालभिटा नियमित रुपमै खुवाईदै आएको भए पनि छुटेका बालबालिकाहरुलाई बालभिटा खुवाईने उनले बताउनुभयो ।

बैतडीमा यसका लागि जिल्लाभरिका ८३१ महिला स्वयमंसेविका परिचालन गरिने भएको छ ।महिला स्वयंसेविकाले प्रत्येक स्थानीय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने स्वास्थ्य प्रमुख तिर्थराज भट्टले बताउनुभयो । ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Comments are closed.