कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु

कञ्चनपुर-कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१० विकाश बस्तीकी ९ वर्षीया सानु खडायतको मृत्यु भएको हो।

बुधवार घरमै सुतेको अवस्थामा ती बालिकालाई सर्पले डसेको थियो। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.