२४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ सङ्क्रमितको ज्यान गयो


माघ ११, मंगलबार ,२०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नौ जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

२४ घण्टामा तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार नौ सय ३४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा दुई लाख ३९ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित अहिलेसम्म खोप लगाउने दुई करोड ९६ लाख ६४ हजार ६ सय सात जना रहेका छन् । यसमा एक करोड ६३ लाख ३३ हजार नौ सय ३७ जनाले कम्तीमा एक मात्रा र एक करोड ३१ लाख ६ हजार सात सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.