अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – अहिले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ। ग्रान्ड पिएरे मैदानमा टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको हो। आइसिसी एक दिवसीय विश्वकप लिग(२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाहले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाएर आउट भएका छन्। अर्का ओपनर आशिफ शेखसमेत २७ रन बनाएर आउट भएका छन्। उनले उनले २७ बल खेल्दा २७ रन मात्र जोड्न सके। कुशल भुर्तेल भने १३ बल खेल्दै १० रन बनाएर आउट भएका छन्। नेपालले १०।१ ओभरमा तीन विकेट गुमाएर ७५ रन बनाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा छन्।

टि-२० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ।त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग-२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ।

Leave A Reply

Your email address will not be published.