बैतडी-बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा पुग्ने ३ टोलीको टुंगो लागेको छ। आयोजक पाटन क्रिकेट क्लब,पाटन भ्याली क्रिकेट क्लब र कुलगडे क्रिकेट क्लब सुपर सिक्समा सुरक्षित भएका हुन्।
प्रतियोगितामा सहभागी १७ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलहरू सञ्चालन भइरहेका हुन्।
आयोजक समूह बी,भ्याली समूह ए र कुलगडे समूह डी को विजेता बन्दै सुपर पुगेको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो।अन्य समूहबाट सुपर सिक्समा पुग्ने टोलीको टुंगो लाग्न बाँकी रहेको छ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल० क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआइ० र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।