जातीय विभेद अन्त्यका लागि आयोजना गरिएको धार्मिक अनुष्ठान सम्पन्न

बैतडी–जातीय विभेद अन्त्यका लागि कास्कीमा आयोजना गरिएको धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ ।कास्कीको केदारेश्वर मन्दिरमा शुक्रबार र शनिबार दुईदिन आयोजना गरिएको समावेशीमूलक धार्मिक अनुष्ठान सम्पन्न भएको अनुष्ठानमा सहभागी ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताउनुभयो ।

विश्कर्मा समाजको आयोजनामा सम्पन्न गरिएको धार्मिक अनुष्ठानमा विधिवत पूर्वाङ्ग, अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्ण भोजन, सिल्पी समुदायबाट प्रमुख यजमान, वेदपाठ, गायत्री मन्त्र दिक्षा, एकाह श्रीमदभागवत महापुरण पाठपारायण, चार वेदपाठ, लघुरुद्राभिषेक, नवचण्डी लगायतका कृत्यहरु गरिएको पन्तले बताउनुभयो ।

धार्मिक अनुष्ठानमा सवा लाख सामूहिक दीप प्रज्वलनका साथै अन्य धार्मिक क्रियाकलापहरु सम्पन्न गरिएको ज्योतिष पण्डित पन्तले बताउनुभयो ।

धार्मिक अनुष्ठनमा अनुष्ठानका संकल्पकर्ता जातीय विभेद अन्त्यका अभियान्ता राजेन्द्र भुषाल, संकल्पकर्ता श्रीहरी विश्वकर्मा,ज्योतिष पण्डित गणेश प्रसाद पन्त, आचार्य कृष्णबहादुर दमाई लगायतको सहभागिता रहेको थियो ।
जातीय विभेद अन्त्य गर्न प्रयोगात्मक रुपमै अघि बढ्नुपर्ने भएकाले समावेशीमूलक अनुष्ठानको आयोजना गरिएको पन्तले बताबताउनुभयो ।

Leave A Reply

Your email address will not be published.