उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसो बढ्यो

मधेश, बाग्मती र कर्णाली प्रदेशका एकरदुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँ तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैबीच काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा तापक्रम घट्न थालेको छ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज १४ डिग्री सेल्सियस मापन भएको छ। अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसका बीच रहने अनुमान छ।

चिसो बढेकाले मौसमी रुघाखोकी, ज्वरोलगायतका बिरामीसमेत बढेका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सल्लाह छ।

Leave A Reply

Your email address will not be published.