बैतडीकी देवकी धामीलाई सागर स्पोट्सद्वारा सम्मान

बैतडी: गत वर्ष सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्णपदक दिलाएकी बैतडीकी देवकी कुमारी धामीलाई सागर स्पोट्स क्लबले नगदसहित सम्मान गरेको छ।

देवकीलाई सागर स्पोट्स क्लबका अध्यक्ष सागर भण्डारीले धामीलाई नगद १० हजारसहित सम्मान गर्नुभएको हो। १०औ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनौटमा समेत उत्कृष्ट प्रदर्शन गरेकि देवकीलाई देहिमाडौंमा सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा भण्डारीसहित बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशी,भलिबल प्रशिक्षक हरि सिंह भण्डारी लगायतको उपस्थिति रहेको थियो।

बैतडीको सिगास गाउँपालिका–२ कोटिला घर भएकी १७ बर्षीया धामीले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। बैतडीको दुर्गम सिगासमा जन्मिएकी देवकीले प्रदेशबाट खेलेर स्वर्णपदक हात पारेकोले नगदसिहत सम्मान गरेको भण्डारीले बताए।
देवकी गत वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट समेत सम्मानित भएकी थिइन्।

सानै उमेरदेखि खेलकुद क्षेत्रमा रुचि राख्ने देवकीले पालिकास्तरीय, जिल्लास्तरीय, प्रदेशस्तरीय प्रतियोगितामा विजेता बन्दै राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हाँसिल गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.