नेपाल साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा विहीबार साँझ भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।

नेपालको जितमा रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी र अमिशा कार्कीले एक एक गोल गर्नुभयो। सेमिफाइनलमा नेपालले भारतसँग खेल्नेछ।

Leave A Reply

Your email address will not be published.