बैतडी-बैतडीमा खर काटिरहेकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार दोगडाकेदार गाउँपालिका ४ दिउनाकी ६५ वर्षीया हिरा विष्टको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको सो वडाका अध्यक्ष तर्कराज भट्टले बताउनुभयो।
वडाध्यक्ष भट्टका अनुसार बिहानै खर काट्न बुहारीसँगै गएकी उनी उच्चाइनी भन्ने भिरबाट लडेर करिब २ सय मिटर तल सडकमा खसेकी थिइन् । विष्टको घटनास्थलमै मृत्यु भएको हो ।