बैतडीमा खुल्ला पुरुष खसी कप क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको पाटन नगरपालिका–५ भुडासैन खेलमैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो।
रोयल सुपर किंग क्रिकेट क्लब पाटन ५ बैतडीको आयोजनामा यही कार्तिक १३ गतेदेखी प्रतियोगिता हुने आयोजकले जनाएको छ। पुरुष खसी कप क्रिकेट प्रतियोगिता टिम दर्ता शुल्क रु ४००० राखेको रोयल सुपर किंग क्रिकेट क्लबका अध्यक्ष किरण बोहराले बताए।
खेल १५ ओभरको खेलाईने छ भने टेनिस बलले खेलाइने तथा लिग चरणको खेलहरु खेलाइने जनाएको छ।