बैतडी : मेलौली नगरपालिका–०२ सलेनामा वडा स्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ। वडा स्तरीय खेलकुद विकास समितिको आयोजना र वडा कार्यालयको प्रायोजनमा सोमबारबाट प्रतियोगिता शुरु भएको वडाअध्यक्ष कृष्ण दत्त भट्टले बताउनुभयो।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले १२ हजार र उपबिजेताले ९ हजार पुरुस्कार पाउने वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तिर्थ बहादुर चन्दले बताउनुभयो।
वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तिर्थ बहादुर चन्दको प्रमुख आतिथ्य र नगर उपप्रमुख पार्वती बोहरा बिष्टको बिशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ। यसैगरी कार्यक्रममा वडाअध्यक्ष, बिभिन्न राजनितिक दलका प्रतिनिधि, बिभिन्न सघं सस्थाको प्रमुख, पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहको थियो।

