बैतडी: पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) मा आज फाइनल खेल हुदै छ । उपाधिका लागि टिम गुरुखोला लायन्स र पाटन भ्याली क्रिकेट क्लबबीच प्रतिस्पर्धा हदैछ।
गुरुखोला लायन्स अपराजित रहदै फाइनलको यात्रा तय गरेको हो। सेमिफाइनलमा आयोजक पाटन क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षीत गरेको हो।
यस्तै पाटन भ्यालीले पञ्चेश्वर गाउँपालिकालाई हराउदै फाइनलमा स्थान सुरक्षीत गरेको छ। गत कार्तिक ३० गतेदेखी सुरु भएको चौथौँ संस्करणको पाटन प्रिमियर लिगमा १७ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ। यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।