आज मौसम सफा

देशका धेरै ठाउँको मौसम आज सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायुका साथै पहाडी क्षेत्रमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।

बेलुकीपख भने कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो।

तिहारको लागि विशेष जानकारीसहितको मौसम बुलेटिन भने आज दिउँसो निकाल्ने तयारी रहेको उहाँको भनाइ छ।

Leave A Reply

Your email address will not be published.