आज धन्वन्तरी अर्थात् आरोग्यता दिवस जयन्ती मनाइँदै

आज धन्वन्तरी जयन्ती अर्थात् आरोग्यता दिवस। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

बिहान त्रयोदशी तिथि परेको दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज बिहान त्रयोदशी तिथि परेका कारण आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो।

देवता र असुर भएर नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुन्द्र मन्थन गर्दा रोगबाट ग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशी आजकै दिन अमृतको कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको भन्ने चर्चा धर्मग्रन्थमा गरिएको छ।

धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा २०५६ सालदेखि मनाउन थालिएको हो।

Leave A Reply

Your email address will not be published.