पाटन प्रिमियर लिगको उपाधि गुरूखोला लाई,भ्याली स्तब्ध

बैतडी-बैतडीको पाटनमा सम्पन्न चौथो संस्करणको पाटन प्रिमियर लिगको उपाधि कोइनोडा टिम गुरूखोला लायन्सले हात पारेको छ।
आज सम्पन्न उपाधि भिडन्तमा पाटन भ्याली क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै गुरूखोला च्याम्पियन बन्यो ।च्याम्पियन संगै गुरूखोलाले १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र पायो भने भ्यालीले५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रमा चित्त बुझायो।

श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गुरूखोलाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९५ रन बनायो।

जसमा निराजन गौतमले अर्धसतकीय इनिङ खेल्दै ९८ रनमा अविजित रहे। अशोक विष्टले ३४,कल्पेस चन्दले २०,आयुश चन्दले १३ रन हिर्काए।
भ्यालीका सन्दीप खत्री ३ र टेकराज जोशीले २ विकेट हात पारे।जवाफी ब्याटिङमा उत्रेको भ्याली २० ओभरमा १५० रनमा अलआउट भयो। उसका सन्दीप विष्ट ४६ र दीपक टमटाले ३३ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन् ।

गुरूखोलाका प्रदीप चन्दले ३,विकास आग्री र कप्तान वसन्त खत्रीले २र२ विकेट लिए।गुरूखोलाका निराजन गौतम म्यान अफ द फाइनल चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिनुभयो।

यसैबीच प्रतियोगिताभर ३५० रन र १ विकेट हात पारेका पञ्चेश्वर गाउँपालिकाका अभिषेक पाल म्यान अफ द सिरिज चुनिए। उनले म्यान अफ द सिरज वाफत १२ हजार ३४५ पुरस्कार पाए।

गुरूखोलाका तर्फबाट खेलेर ३७२ रन हिर्काएका निराजन गौतम बेस्ट ब्याटर र आयोजकका तर्फबाट खेल्दै १२ विकेट लिन सफल भएका सुभाष विष्ट बेस्ट बलर भए। दुबैजनाले समान ६ हजार ७८९ पुरस्कार पाए।पाटन भ्याली क्रिकेट क्लबका टेकराज जोशी उदयीमान, किम्तोली क्रिकेट क्लबका हरिश चन्द भेट्रान खेलाडी,अनुशासित टोलीको रूपमा सिगास गाउँपालिकाले पुरस्कार पायो ।

विजेता,उपविजेता तथा विभिन्न पुरस्कार पाउने खेलाडीहरूलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी,पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल,सुर्नया गाउँपालिकाका अध्यक्ष अमर कुँवर,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्द,आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्द लगायतले पुरस्कार वितरण गर्नुभयो।

समापन समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले खेल पुर्वाधार निर्माणमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो,” क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान बनाउन सफल भएको छ। तर खेल पुर्वाधार अभाव छ। सरकारले खेल पुर्वाधार निर्माणमा गम्भीर बन्नुपर्छ।”खेलमा राजनीति गर्न नहुनेमा पनि उहाँको जोड रहेको छ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको थियो ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल० क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!