परदेशीको तिहार

आई पुगी बन्तोली जात,धन्य जन्म्या थात !

झ्याली बजाई,घन्कन्ना दमौँ,रतेडीका रात !

बाँजाबजी रनकु आली,नयाँ लुगा लाउन्ना !
टाढाबठे सबैका घर,आउना÷पाउना आउन्ना !

दिदी बहिनी राम हेरन्नी,चिउडाले पुजन्नी !
दुत्याचिउडी,पंन्चबिरुडी,मनमनै भुणन्नी !

सेलु,पुरी,खिरु पकाई,जात हेर्दा कि गया !

प्रदेशीलाई सम्झी सम्झी,दुखारी जन भया !!

दुत्याकी बन्तोली जात,मुँई पन झान्याई थ्युँ !
हातमा फुलपाती राखि,बत्ति जलाउन्या थ्युँ !!

जै बन बाकारा लाउँथ्या,उई बन् लाग्यो बाग !
बाँठो भई प्रदेशी भैथ्यु,किस्मत लागी आग !!

भोकर लाया,बिन्ति लाया,घण्टु बजाई दिया !
जयजय भुण्या लटैनाथ,फल दिए भन दिया !!

मुुँईल् बजुन्याँ दाँईनु दमु,धुक्द्यौ घुमाई दिया !
२०रुप्या दिईबटी मुखी, भोकर लगाई दिया !!

नौनी लगाई पन्या माणा,निकर पकाई हाल्या!
जो जो आउन्ना दिदीबैना,निकरी खुवाई हाल्या१

हातमाई फुलपाति लगी,घण्टु बजाई दिया !
बोलबिन्ति गरबटी मुखि,प्रसाद पठाई दिया!!

यसै छ नोकरी मेरी, छुट्टी पाईनी नाई ।
सबैकिलाई नयानया,थेल्का किन्या कि नाई।।

खुला मन्च रामलिला लागी, कोथ्या राजा राम !
हुलमुल माई ज्यान जोगाया, गर्या सबै फाम !!

लेकका काफलु मिठा,झन मिठा तिर्खुला !
दाईनु भया लटैनाथ,दोस्रो साल फर्कुला !!

प्र.ह. हर्कराज जोशी
शैल्यशिखर नगरपालिका–७ बिरालीपोखरा, दार्चुला
हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत

Leave A Reply

Your email address will not be published.