कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका – १० पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा ओलीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र चालक २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.