आज देशका धेरै ठाउँको मौसम सफा छ। पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ। अरु ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो। केही दिनदेखि न्यूनतम तापक्रम घट्न थालेको छ।
यससँगै चिसो बढ्दै गएको छ।