डडेल्धुराका दियालको मकवानपुरमा करेन्ट लागेर मृत्यु

डडेल्धुरा-डडेल्धुराका एक जनाको मकवानपुरमा करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का २९ वर्षीय पदमबहादुर दियालको मकवानपुरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताउनुभयो ।

उनका अनुसार भीमफेदी–८ दोभानमा फास्टट्र्याक ९द्रुतमार्ग०को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो।

उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो। उनी नेपाली सेना हुन।

Leave A Reply

Your email address will not be published.